सत्तारूढ दलका शीर्ष नेताहरु बिच भेटवार्ता, चुनावी तालमेलको विषयमा छलफल

काठमाडौं । सत्तारूढ तीन दलका शीर्ष नेताहरु बिच भेटवार्ता भएको छ ।बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरु बिच भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको बैठकमा वैशाख ३० गते हुने स्थानीय चुनावका विषयमा चर्चा भएको थियो।

उक्त भेटमा माओवादी अध्यक्ष प्रचण्डले चुनाव हुँदैन भन्ने हल्लाबारे जिज्ञासा राखेका थिए। बिहीबार बुटवलमा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले उक्त भेटमा भएको कुराकानीबारे जानकारी दिएका थिए।

‘मैले प्रधानमन्त्रीलाई सोधें( चुनाव नहुने हल्ला छ त? उहाँले यस्तै हो नेपालमा भोट हाल्ने दिनसम्म चुनाव हुन्न भन्ने हल्ला चलिरहन्छ भन्नुभयो,’ प्रचण्डले भने,‘अहिलेसम्म चुनाव नहुने भन्ने कहीँ कतै छैन। हामीहरू तयारीमा केन्द्रीत हुनुपर्छ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार