कमल थापाले आफ्नै पार्टीको चुनाव चिह्न अशुद्ध लेखेपछि…

काठमाडौं । आफ्नै पार्टीको चुनाव चिह्न अशुद्ध लेखेपछि कमल थापालाई बाबुराम भट्टराईको सुझाव दिएका छन् । सामाजिक सञ्जाल मार्फत भट्टराईले राप्रपा नेपालका अध्यक्ष थापालाई शुद्ध लेख्न सल्लाह दिएका छन्।

अध्यक्ष थापाले आफ्नो पार्टीले पाएको चुनाव चिह्न ‘तीर’लाई ‘तिर’ लेखेपछि पूर्वप्रधानमन्त्री भट्टराईले यी दुई शब्दका अर्थ फरक फरक हुने जानकारी दिएका हुन्।

यस क्रममा उनले आफूहरूलाई शिक्षकले नेपाली विषय पढाएको स्मरणसमेत थापालाई गराएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार