आगामी चुनावमा कलमले कमाल गर्छ -माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी चुनावमा आफ्नो पार्टीले कमाल गर्ने बताएका छन् ।होलीको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नेता नेपालले अब कलमले कमाल गर्ने दाबी गरेका हुन् ।

आफूहरुको खिसिट्युरी गर्नेको हविगत आगामी चुनावमा देखिने बताए ।एकीकृत समाजवादीको चुनाव चिह्न कलम हो । कलम चुनाव चिह्नले कमाल गर्ने बताउँदै उनले भने, ‘गाउँगाउँ, टोलटोल, बस्तीबस्तीमा पुगौं, । जनपरिचालन गर्ने काममा लागिपरौं । यो सामर्थ्यको शक्ति चुनावको मैदानमा देखिने छ ।’

राष्ट्रियसभाको चुनावमा कमाल गरेर देखाएको बताउँदै उनले अब स्थानीय चुनावमा पनि देखिने दाबी गरे । ।अध्यक्ष नेपालले भने, ‘हाम्रो खिसीट्युरी गर्नेको हविगत देखिने छ । होलीका दहन भएको जस्तै त्यसताको नास हुनेछ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार