कांग्रेसले लखेट्यो भने एमालेसँग गठबन्धनको सम्भावना -प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग भविष्यमा गठबन्धन हुन सक्ने बताएका छन् । बिहीबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताउँदै राजनीतिमा सबै कुरा सम्भव भएको बताएका हुन् ।

आफूहरु पाँचदलीय गठबन्धनमा रहेको भन्दै उनले भने, ‘तत्काल एमालेसँग सहमति हुने सम्भावना देखिएको छैन । तर यो एक हदसम्म कांग्रेसको व्यवहारमा पनि भर पर्छ ।’

केही नेताहरुले केही नेताहरुले कुनै हालतमा तालमेल गरिँदैन भनेर अतिवाद ढंगले बोल्न थालेको भन्दै उनले भने, ‘कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिँदैन ।’

तर कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा हर हालतमा गठबन्धनलाई बचाएर जानुपर्छ भन्नेमा भएकाले त्यो ९एमालेसँग तालमेल गर्ने० परिस्थिति आउला भन्ने देखेको छैन ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार