शहरमा ५०० र पहाडमा २०० कोरोना संक्रिमित भेटिए निषेधाज्ञा

सबै सीमा नाकाहरु बन्द गर्न सिफारिस

कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले पहाडमा दुई सय र सहरी क्षेत्रमा पाँच सय कोरोना संक्रिमित भेटिए निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले पहाडी जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित भएमा र शहरी क्षेत्रमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएमा स्थानीय तहलाई निषेधाज्ञा जारी गर्न विशेषाधिकार दिने निर्णय गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको हो ।

यस्तै आइतबार बसेको बैठकले सबै सीमा नाकाहरु बन्द गर्न पनि सिफारिस गरेको छ । त्यस्तै, आइतबार बसेको सीसीएमसीको बैठकले त्यस्तै, बैठकले सोमबारदेखि हुने विद्यालय तह तथा कलेज वा विश्वविद्यालयलगायत सबै तहका परीक्षाहरु स्थगित गर्न पनि सिफारिस गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार