कांग्रेसले बहुमतको ग्यारेन्टी नभएसम्म प्रधानमन्त्री ओलीविरुद्द अविश्वासको प्रस्ताव नल्याउने

सोमबारका लागि तय भएको केन्द्रीय समिति बैठक बुधबार बस्ने तयारी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहुमत पुग्ने ग्यारेन्टी नभएसम्म प्रधानमन्त्री केपी ओलीबिरुद्ध अविश्वास प्रस्ताव ल्याउने पक्षमा नरहेको जनाएको छ ।

कांग्रेस सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा आइतबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने र कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल जारी राख्र्ने भन्दै अविश्वासको प्रस्ताव भने बहुमत पुग्ने ग्यारेन्टी नभएसम्म अघि नवढाउने निष्कर्ष निकालेको हो ।

बैठकपछि कांग्रेस उपसभापति विमलेन्द्र निधिले अविश्वासको प्रस्तावका लागि अहिलेसम्म संख्या नपुगेको बताए । संख्या नपुग्दा र त्यसको ग्यारेन्टी नहुँदासम्म अविश्वास प्रस्ताव राखेर फेल भयो एक वर्षसम्म राख्न नपाइने भएकाले पूर्ण तयारी नगरी अविश्वास प्रस्ताव नल्याउने उनले बताए । बैठकले नेपालमा अन्य देशबाट खोप ल्याउनका लागि अन्य देशसँग आग्रह गर्ने निर्णय गरेको छ । यस्तै पदाधिकारी बैठकले सोमबारका लागि तय भएको केन्द्रीय समिति बैठक स्थगित गरेको छ । सोमबार केन्द्रीय सदस्यहरुको कोभिड परीक्षण गर्ने र बुधबार बैठक बस्ने तयारी गरिएको उनले बताए ।

बैठकमा क्रियाशिल सदस्यता वितरणको अवस्था, विभिन्न सात जिल्लामा रोकिएको समायोजनको काम तथा महाधिवेशनको कार्यतालिकका बिषयमा पनि छलफल भएको उपसभापति निधीले बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार