साउदी अरबका विदेशमन्त्री ढाका प्रस्थान

दुईदिने नेपाल भ्रमणमा आएका साउदी अरबका विदेशमन्त्री राजकुमार फैजल बिन फहरान अल साउद मंगलबार बंगलादेशको ढाका प्रस्थान गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट तथा परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग द्विपक्षीय वार्ता सकेर उनी ढाका गएका हुन् । परराष्ट्रसचिव भरतराज पौड्यालले राजकुमार फैजललाई त्रिभुवन अन्तर्राष्ट्र्रिय विमानस्थलमा बिदाइ गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा भएको द्विपक्षीय वार्तामा दुवै परराष्ट्रमन्त्रीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै अब नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा थप सहकार्यका लागि बाटो खुलेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार