नेपालमा कोरोनाका कारण एकैदिन २८ जनाको मृत्यु

नेपालमा एकैदिन २८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु भएको हो ।

भारतमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै नेपालमा पनि पछिल्ला केही दिनहरुमा देनिक संक्रमितहरुको संख्या बढ्दै गएको छ । यसै कारण कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढ्दो रुपका देखिएको छ । आइतबार काठमाडौँ उपत्यकामा १४ सय ९४ सहित देशभर ३ हजार १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार