मूल्य वृद्धिप्रति संसदीय समिति असन्तुष्ट

काठमाडौं । दैनिक उपभोग्य बस्तुहरुको मूल्य ह्वात्तै बढ्दासमेत उपभोक्ता अधिकारकर्मीहरु चुप लागेर बसेको भन्दै संसदीय समितिले असन्तुष्टि जनाएको छ ।

संघीय संसद प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले तेल, चिनीलगायतका दैनिक उपभोग्य वस्तुमा ह्वात्तै मूल्यवृद्धि हुँदा पनि उपभोक्ता अधिकारकर्मीहरु चुप लागेर बसेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा मंगलबार काठमाडौंमा एक कार्यक्रममा बोल्दै उनले सरकारले बजार अनुगमन नगरका कारण मूल्य वृद्धि भएको उल्लेख गर्दै त्यसमा ध्यान दिन पनि सचेत गराए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार