मधेश प्रदेश सरकार नारामा बेटी बचाउ, व्यवहार साइकल पचाउ : ओली

कामठाडौं । एमाले अध्यक्ष केपी ओलीले मधेश प्रदेश सरकारले जनताको भावना अनुसार काम नगरेको आरोप लगाएका छन् । उनले मधेस सरकारले नारा र व्यवहार फरक रहेको भन्दै कटाक्ष गरेका छन् । भक्तपुरको रोयल थाई इभेन्ट राधे राधेमा एमाले पर्सा–काठमाडौं सम्पर्क मञ्चले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मधेश प्रदेश सरकारको नारामा ‘बेटी बढाउ, बेटी बचाउ’ रहे पनि व्यवहार साइकल पचाउ रहेको आरोप लगाएका हुन् ।

‘नारा लगाउँदा ‘बेटी बढाउ, बेटी बचाउ’ भन्ने । व्यवहारमा साइकल पचाउ काम । तपाइँहरुको प्रदेश २ को आकर्षक नारा सुन्नुभयो होला,’ ओलीले भने । ‘बेटी बढाउ, बेटी बचाउ’ नारा लिएको मधेश प्रदेश सरकारले छात्रालाई साइकल बाँडेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार