शेयर बजार १७ अङ्कभन्दा धेरैले घट्यो, ३ अर्ब ३६ करोड रुपैयाँको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज (मंगलबार) सेयर बजारमा गिरावट आएको छ। सोमबार प्राविधिक समस्याुका कारण बीचमै कारोबार रोकिएको सेयर बजारमा मंगलबार भने गिरावट आएको हो।

मंगलबार सेयर बजार परिसूचक (नेप्से) १७.१५ अंकले घटेर २६९५.९७ बिन्दुमा झरेको छ। मंगलबार समग्रमा ३ अर्ब ३६ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जानकारी दिएको छ।

आज कारोबारमा आएका १३ समूहमध्ये ४ समूहको सूचक बढेको छ। बाँकी समूहको सूचक घटेको नेप्सेले जानकारी दिएको छ। साताको पहिलो कारोबार दिन आइतबार भने बजार १०१.०७ अंकले बढेर २ हजार ६६७.९७ बिन्दुमा पुगेको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार