पेट्रोलको मूल्य समायोजन गर्न छलफल हुँदैछ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थको मूल्य समायोजनको बिषयमा छलफल भइरहेको बताएका छन् । महँगीमा उपभोक्ता पर्नुका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धि रहेको भन्दै उनले  यसलाई रियल टाइममा व्यवस्थित गर्न छलफल थालिएको बताए ।

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वाणिज्य विभागले मंगलबार आयोजना कार्यक्रममा बोल्दै उनले भने, ‘मूल्य वृद्धि हुनुको कारण पेट्रोलियम पदार्थ हो । अब बिहान र बेलुका अर्कै मूल्य कायम गर्नुपर्नु हुन सक्छ, हामी छलफल गरिरहेका छौं ।’

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार