नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख नाघ्यो

काठमाडौँ उपत्यकामा मात्रै १४ सय ९८ जना थपिए

नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख नाघेको छ । आइतबार थप ३ हजार १२२ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या तीन लाख २ सय ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर गरिएको ९ हजार २ सय ९२ पिसिआर परिक्षणका क्रममा ३ हजार ३२ र ७ सय ८६ एन्टिजेन वटा एन्टीजेन परिक्षणका क्रममा ९० जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आज थपिएका मध्ये काठमाडौंमा ११ सय ३२, ललितपुरमा २ सय ७० र भक्तपुरमा ९६ जनामा रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार