भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।  किशोरीमाथि बलात्कार गरेको आरोपमा मध्यपुर ठिमी नगरपालिका–६ पुरानोठिमी बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–२ घर भएका २८ वर्षीय प्रदिप मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई सोमबार साँझ पक्राउ गरेको  हो ।   घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार