पाकिस्तानमा मिसाइल खसेकोबारे भारतीय रक्षामन्त्रीले संसदमा के भने ?

भारतबाट पाकिस्तानमा खसेको मिसाइलको विषयमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले संसदमा बयान दिएका छन् । उनले राज्यसभामा अनुगमनका क्रममा यो मिसाइल अनायासै छोडिएको भन्दै उच्च तहमा छानबिन गरिने बताएका छन् ।

राजनाथ सिंहले भने, ‘आज म ९ मार्च, २०२१ मा भएको घटनाको बारेमा जानकारी गराउन चाहन्छु। यो घटना निरीक्षणको क्रममा अनजानमा मिसाइल छोडिएकोसँग सम्बन्धित छ। नियमित मर्मत र निरीक्षणको क्रममा लगभग ७ बजे दुर्घटनावश एउटा मिसाइल छोडियो ।’

‘पछी थाहा भयो कि मिसाइल पाकिस्तानी भूमिमा खसेछ भनेर। घटनाको लागि हामी दुखी छौं, तर दुर्घटनाबाट कसैलाई पनि चोटपटक नलागेकोमा हामी सन्तुष्ट छौं । सरकारले यस घटनालाई गम्भीरतापूर्वक लिएको छ, औपचारिक उच्चस्तरीय छानबिन प्रारम्भ गर्न आदेश दिइएको छ।’

उनले भने, ‘यस अनुसन्धानले दुर्घटनाको वास्तविक कारण खुल्नेछ। यो घटनालाई मध्यनजर गर्दै सञ्चालन, मर्मतसम्भार र निरीक्षणको मानक सञ्चालन प्रक्रियाको समीक्षा भइरहेको पनि जानकारी गराउन चाहन्छु। हामी हाम्रो हतियार प्रणालीको सुरक्षालाई उच्च प्राथमिकता दिन्छौं। यदि कुनै कमीहरू फेला पर्यो भने, तिनीहरूलाई तुरुन्तै सम्बोधन गरिनेछ।’

पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (आईएसपीआर)का महानिर्देशक मेजर बाबर इफ्तिखारले मार्च १० मा पत्रकार सम्मेलनमा भने कि ‘एक उच्च गतिको वस्तु, जुन सम्भवतः भारतीय मिसाइल थियो, जुन मियाँ चन्नूमा खसेको थियो।’

अर्को दिन, मार्च ११, भारतीय रक्षा मन्त्रालयले एक विज्ञप्तिमा स्वीकार गर्‍यो कि ‘नियमित मर्मतसम्भारको क्रममा प्राविधिक त्रुटिका कारण क्षेप्यास्त्र संयोगवश प्रक्षेपण भएको थियो।’

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार