विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले २६ केन्द्रीय सदस्यहरुलाई हटाएका छन् । मिश्रले प्रदेश सांसद रमेश पौड्याललगायत मूल बाटो नामक दस्तावेज ल्याउने नेताहरूलाई जिम्मेवारीबाट हटाएका हुन् । उनीहरु मिलन पाण्डे पक्षीय नेताहरू हुन् ।
केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशा थापा, आशुतोष तिवारी, कमलेश्वर पाठक, केशव दाहाल, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री (कार्की), धर्म मानन्धर, पुकार बम, भरतराज पन्त, भूपदेव शाह, मनिस खनाल र मुना अधिकारीलाई पनि जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ ।
यसैगरी रमेश पौड्याल, रविना अम्गाई, राज्यलक्ष्मी श्रेष्ठ, रामपुकार महरा, लक्ष्मी अधिकारी, विमल तामाङ, शिशिर बन्जारा, सरोज प्रसाद गौतम, सिर्जना खड्का, सुदन मानन्धर, सुरेश अर्याल, सुरेश भट्ट र हरिशप्रसाद भट्टलाई पनि जिम्मेवारीबाट हटाइएको छ ।
पाण्डेलाई यसअघि नै मिश्रले जिम्मेवारीबाट मुक्त गरिसकेका छन् ।