एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनको कार्ययोजना तय गर्न पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी गरेको छ । सोमबार बसेको पार्टी केन्द्रीय कार्यालय बैठकले केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रीत कार्ययोजना बनाउने विषयमा छलफल गरेको हो ।

त्यसका लागि आवश्यक एजेन्डाहरू तय गर्न भोलि अपरान्ह ३ बजे पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाइएको पार्टीका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

उनले पार्टीको सिंगो पङ्क्तिलाई निर्वाचन केन्द्रीत गराउने काममा लागि पार्टी पोलिटब्युरो बैठक पनि छिट्टै बोलाउने विषयमा पनि केन्द्रीय कार्यालय बैठकमा छलफल गरिएको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार