सार्वजनिक जग्गा हडप्ने १३ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । सार्वजनिक जग्गा हडपेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ जना विरुद्ध मुद्दा दायर गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१६ स्थित हिमाली प्रावि विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराएर १३ जनाले सार्वजनिक जग्गा भोगचलन गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

अख्तियारका अनुसार २०५१ सालमा विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराएर सरकारी र सार्वजनिक जग्गा वितरण गरिएको थियो । जग्गा भोगचलन भएको करिब २७ वर्षपछि अख्तियारले सोमबार विद्यालयका तत्कालिन अध्यक्ष यामबहादुर बानियाँ र तत्कालिन प्रध्यानाध्यापक यामबहादुर ठकुरी विरुद्ध आरोप पत्र दायर गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार