अर्घाखाँचीमा सत्तारुढ दलले चुनावी तालमेल घोषणा गरे

काठमाडौं । अर्घाखाँचीमा सत्तारुढ गठबन्धनमा रहेका पाँच दलले ३० वैशाखमा हुने आगामी निर्वाचनमा तालमेलको घोषणा गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले सोमबार सन्धिखर्कमा पत्रकार सम्मेलन गरी स्थानीय संगै संघ र प्रदेशको चुनावमा तालमेल गरेर जाने घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले संविधान र लोकतन्त्रको रक्षाका लागि स्थानीय, प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनसम्म सत्ता गठबन्धनमा आवद्ध पांच दलबीच तालमेल हुने सहमति भएको बताए ।

एमालेले अन्य दललाई मानमर्दन गरेर दम्भ र अहंकार प्रदर्शन गरेकाले सत्ता गठबन्धनलाई चुनावसम्म कायम गर्नुपरेको श्रेष्ठले बताए । माओवादी केन्द्रकी छमकुमारी खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निरंकुशता र तानशाहीको बिरुद्धमा चुनावी तालमेल गर्ने सहमति भएको बताइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार