बैंकिङ कसूर मुद्दामा फरार राधा प्रहरीको फन्दामा

प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले बैंकिङ कसूर मुद्दामा फरार महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर महानगरपालिका-६ घर भई सोही महानगरपालिकाको वडा नम्बर ११ मा बस्दै आएकी राधा माताङ्गी रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

माताङ्गीलेले सूर्यविनायकस्थित सानिमा बैंकको खातामा पर्याप्त रकम नभएको जानी-जानी चेक काटेर पीडितलाई झुक्याएको आराेपमा उच्च अदालत पाटनले उनलाई गत पुस २० गते बैंकिङ कसूरमा दोषी ठहर गर्दै १९ लाख रुपैयाँ जरिवाना र ५ दिन कैद सजाय गर्ने फैसला गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार