आगामी चुनावमा पार्टीलाई धेरै भन्दा धेरै ठाउँमा जिताउनु पर्छ : यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहमा पार्टीलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भुमिका खेल्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आज सोमवार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन पार्टीका नेता तथा कार्यकर्तालाई स्थानीय तहमा प्रभावकारी बनाउन महत्त्वपूर्ण भुमिका खेल्न निर्देशन दिएका हुन । उनले प्रत्येक केन्द्रीय सदस्यहरूलाई आफ्नो कार्य क्षेत्रमा उपस्थित भएर आउँदो स्थानीय तहको चुनावमा पार्टीलाई जिताउने अभियान सुरु गर्न लगाइने बताए । उनले गाउँ, नगर, वडालगायतका पार्टीका विभिन्न तहसँग समन्वय गरेर पार्टीलाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

अध्यक्ष यादवले भने, ‘प्रत्येक केन्द्रीय सदस्यहरूले आफूले जिम्मा लिएको पालिकालाई जिताउनका लागि एउटा भरपुर प्रयास गरौँ । यो दुई महिना, वैशाख ३० गतेसम्मका लागि यो अभियान गर्नेछौँ । त्यसपछि फेरि हामी नयाँ निर्णयहरू गर्नेछौँ । चुनाव नजिकिएको हुनाले र र पार्टीलाई स्थापित गर्नका लागि स्थानीय चुनाव महत्त्वपूर्ण भएकाले यसलाई हामीले धेरै भन्दा धेरै पालिकामा पार्टीका उम्मेदवारलाई जिताउनुपर्छ ।’

त्यस्तै पार्टीका केन्द्रीय सदस्य अर्जुन थापाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले पारित गरेको निर्वाचन निर्देशिकाअनुसार आउँदो स्थानीय चुनावमा सहभागी हुने बताए । उनले आजको बैठकमा नेताहरूले पार्टीको सङ्गठनात्मक कुराहरूमा आफ्नो धारणा राखिरहेको बताए । आजको बैठकले केन्द्रीय प्रतिनिधिहरूले कसरी आफ्नो जिम्मेवारीलाई पूरा गर्ने भन्नेबारेमा छलफल भइरहेको पनि जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार