गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान जजिरा एयरवेजले गर्ने

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय नियमित उडान कुवेतको जजिरा एयरवेजले गर्ने भएको छ । बुद्ध जयन्ती अर्थात जेठ २ गतेदेखि जजिराले कुबेत–भैरहवा–कुवेत नियमित उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष निवेदन दिएको छ । जजिराले हाल काठमाडौंमा समेत नियमित उडान गरिरहेको छ ।

प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता देवचन्द्रलाल कर्णले जजिराले जेठ २ देखि नियमित उडानका लागि निवेदन दिएको बताए ।

त्यसअघि वैशाख १ गते नेपाल एयरलाइन्सले नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्नेछ । त्यसपछि वैशाख ७ गतेदेखि विमानस्थल व्यवसायिक उडानका लागि खुला हुने कर्णले बताए । विमानस्थलमा ७ गतेदेखि आन्तरिकतर्फ नियमित उडान हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार