रुस युक्रेन युद्ध १७ लाख युक्रेनी भागेर पोल्याण्ड

काठमाडौं । हालसम्म युक्रेनबाट भागेर १७ लाखभन्दा बढी मानिस पोल्याण्ड पुगिसकेका छन् । पोलिस बोर्डर गार्ड एजेन्सीले सोमबार दिएको जानकारी अनुसार युद्ध सुरु भएदेखि अहिलेसम्म युक्रेनबाट भागेर १७।५ लाख मानिस पोल्याण्ड पुगेका छन् ।

सबै शरणार्थी पोल्याण्डमा नै बसिरहेको मान्यता राखिएको छ । वारसा युनिभर्सिटीमा भाइस रेक्टर फर रिसर्च माचिक दुश्चिकले १० लाखभन्दा बढी शरणार्थी पोल्याण्डमा नै भएको र अरु भने अन्य देशमा गएको जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार