७ वर्षदेखि फरार अभियुक्त दाङबाट पक्राउ

काठमाडौं । प्रहरीले दाङमा ७ वर्षदेखि एक फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्लाको तुल्सीपुर उपमहानरपालिका–१३ बिजौरी निवासी ५३ वर्षीय बयानबहादुर दमाईलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आफ्नै घरबाट पक्राउ गरि जिल्ला अदालतमा पेश गरिएको दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

दमाईलाई बाँके जिल्ला अदालतले २०७१ भदौ २३ गते लेनदेन मुद्दामा चेक अनादर गरेको भन्दै ५ हजार जरिवाना र एक वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार