बागलुङ १४ को जनवर्गीय संगठनहरुको वडा भेला सम्पन्न

नेकपा (एमाले)को बागलुङ नगरपालिका १४ को जनवर्गीय संगठनहरुको वडा भेला सम्पन्न भएको छ । भेलाले पार्टी निकट विभिन्न जनसंगठनका कमिटीहरु गठन गरेको छ । सोमबार सम्पन्न भेलाले निरुता विकको अध्यक्षतामा २७ सदस्यीय अखिल नेपाल महिला संघको गठन गरेको छ । उपाध्यक्षमा विष्णु नेपाली, सचिवमा रितु खड्का, सहसचिवमा आशा परियार रहेका छन् ।

त्यस्तै भुपू सैनिक तथा प्रहरी संगठन समेत गठन गरिएको छ । टेक बहादुर बस्नेतको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको हो । जसको उपाध्यक्ष टेक बहादुर खड्का, सचिव निम बहादुर बोहोरा र सह-सचिव तुल बहादुर खत्री रहेका छन् । साथै उक्त भेलाबाट अखिल नेपाल किसान महासंघको पनि गठन गरिएको छ । शिला नेपालीको अध्यक्षतामा गठन गरिएको १५ सदस्यीय समितिमा उपाध्यक्ष होम बहादुर पौडेल, सचिव दिपेन्द्र नेपाली, सह-सचिव चन्द्र बहादुर नेपाली रहेका छन् । यस्तै चेली गिरीको अध्यक्षतामा १५ सदस्य दलित मुक्ती समाजको समेत गठन गरिएको छ ।

वडा कमिटीका अध्यक्ष महेन्द्र शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद सुवेदीले गरेका थिए । कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सदस्य तथा प्रेस चौतारी नेपालका केन्द्रीय उपमहासचिव राजु सुवेदी र जिल्ला कमिटी सदस्य सुरेन्द्र आर्चायको प्रमुख आतिथ्यता रहेको थियो । उनीहरुले नवगठित कमिटीका पदाधिकारी, तथा सदस्यहरुलाई शुभकामना सहित प्रशिक्षणात्म मन्तव्य राखेका थिए । यस्तै प्रेस चौतारी नेपालको ईतिहासमा यस क्षेत्रबाट पहिलो पटक केन्द्रिय पदाधिकारी उपमहासचिवमा सुवेदी चयन भएपछि स्थानीय वडा कमिटीले सम्मान समेत गरेको थियो ।

सुवेदी आइतबार सम्पन्न प्रेस चौतारी नेपालको ९ औं महाधिवेशनबाट उपमहाचिव पदमा निर्विरोध निर्वाचित भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार