जब समर्थकहरुले नै गरे मेस्सी र नेयमारविरुद्ध नाराबाजी गरे…

काठमाडौं । विश्व फुटबलका सुपरस्टार खेलाडी लियोनल मेस्सी र नेयमारविरुद्ध समर्थकहरुले नै चर्को नाराबाजी गरेका छन् । उनीहरुले खेल भावना नदेखाएको भन्दै आलोचना र नाराबजी गरेका हुन ।पेरिस सेन्ट जर्मन (पिएसजी) ले आइतबार बोर्डिक्समाथि ३–० को सहज जितसहित फ्रेन्च लिग वानको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ ।

घरेलु मैदान पार्क डेस प्रिन्सेसमा पिएसजीलाई जित दिलाउन केलियन एम्बाप्पे, नेयमार र लिआन्द्रो परेडेसले १–१ गोल गरे । पिएसजी २८ खेलबाट ६५ अंकसहित शीर्ष स्थानमा छ जुन दोस्रो स्थानको मार्सेलीको भन्दा १५ अंक बढी हो ।

च्याम्पियन्स लिग जित्ने लक्ष्यसहित खेलाडी अनुबन्धनमा आक्रमक देखिएको पिएसजी गत साता स्पेनिस महारथी रियल मड्रिडसँग ३–२ ले पराजित हुँदै अन्तिम–१६ बाटै बाहिरिएको थियो ।

पहिलो लेगमा १–० ले जित निकालेको पिएसजी दोस्रो लेगमा ३–१ ले पराजित भएको थियो । समर्थकले क्लबको अपेक्षा पूरा गर्न नसकेको भन्दै नेयमार र मेस्सीविरुद्ध नाराबाजी गरेका हुन् ।

पिएसजीले लिग वान जित्ने निश्चित जस्तै छ । तर, अग्रताका बाबजुद त्यसलाई जोगाउन नसक्दा च्याम्पियन्स लिगबाट बाहिरिएपछि समर्थक भने निराश भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार