काठमाडौं महानगरपालिका–७ चुच्चेपाटीमा एक सुन पसले लुटिएका छन् । चावहिलस्थित ‘ओम साई सेन्टर’ सुनचाँदी पसलका संचालक भारतीय नागरिक आमोल भोस्ले लुटिएका हुन् ।
फागुन २५ मा साँझ आठ–दश जनाको समूहले घेरेर ४३ तोला सुन र १२ लाख नगद लुटेको पसल संचालकले दाबी गरेका छन् । लुटमा संलग्न दाङ घर भएका राजेद्र ठकुरीलाई प्रहरीले दाङबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ । लुटेको भोलिपल्ट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले वानेश्वरबाट महेश बिकलाई पक्राउ गरेको थियो ।
काठमाडौं महानगरपालिका–७ चुच्चेपाटी बस्ने भोस्ले पसल बन्द गरेर नगद तथा सुन बोकेर घरतर्फ जाँदै थिए । पसलबाट पिछा गरेर लुटेरा समूहले चुच्चेपाटी स्थित एनआइसी एसिया बैंक पछाडी उनलाई लुटेका हुन् । सुन लुट्न राजेन्द्र ठकुरी दाङबाट रा।४प ११६० नम्बरको पल्सर मोटरसाइकल लिएर काठमाडौं आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।लुटपाटमा संलग्न दुईजना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।