जसपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ ।कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा बैठक सुरु भएको हो ।

बैठकमा विधान अधिवेशनसम्बन्धी प्रस्ताव र संगठनात्मक प्रस्तावमाथि छलफल हुने जनाइएको छ । बैठक सुरु हुनुअघि अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई आ–आफ्नो पक्षका केन्द्रीय सदस्यहरुसँग छुट्टाछुट्टै छलफल गरेका थिए । यसअघि आइतबारको बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका र समसामयिक राजनीतिक प्रस्ताव पारित भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार