तत्काल देशभर लकडाउन नगर्ने परराष्ट्रमन्त्री ज्ञवालीको भनाई

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले तत्काल देशव्यापी लकडाउन नगर्ने बताएका छन् । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकपछि आइतबार बालुवाटारमा संवाददाताहरूसँग कुरा गर्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । लकडाउन कोरोना संक्रमण रोक्ने अन्तिम समाधान नभएको पनि उनले बताएका छन् ।

‘लकडाउनले कोरोना संक्रमणको जालो त तोड्छ तर त्यो दीर्घकालीन समाधान होइन । अर्थतन्त्र पनि भर्खर तंग्रिन लागेको छ,’ ज्ञवालीले भने, ‘कोरोना बढ्यो भने स्थानीय स्तरमा लकडाउन हुन्छ तर राष्ट्रव्यापी लकडाउन गर्ने पक्षमा हामी छैनौं ।’

उनले अर्थतन्त्र र जनजीविकामा लकडाउनले प्रभाव नपरोस् भन्ने सरकारको चाहना रहेको बताए । मन्त्री ज्ञवालीले सरकारको ध्यान नागरिकहरूमा जनचेतना फैलाउने र स्वास्थ्य मापदण्ड पालना गराउनेमा केन्द्रीत हुने बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार