प्रेम भण्डारीको ‘यस पालिको तीजमा डिजे बजाउँछु बजारमा‘(भिडियोसहित)

लेहेङ्गा र चोलीको अपार सफलतापछि प्रेम भण्डारीको दोस्रो तीज गीत लेहेङ्गा र चोली २ डिजे बजारमा आएको छ । लेहेङ्गा र चोली १ ले दर्शकको अपार माया पाएपछि प्रेम भण्डारीको शव्द र संगीतमा यो गीत बजारमा आएको हो । यस पालिका तीजमा डिजे बजाउँछु । आफुमात्र होइन मत संसार नचाउँछु बोलको यो गीतमा रामजी खाड र पूर्णिमा न्यौपानेले स्वर दिएका छन् । गीतको म्युजिक भिडियो पनि बजारमा आएको छ । गोरखा चौतारी म्युजिक चौतारीले तयार पारेको म्युजिक भिडियोमा चर्चित मोडेल अन्जली अधिकारी, बिक्रम भण्डारी र किरण ढकालले दमदार अभिनय गरेका छन् । उक्त गीतको म्युजिक भिडियोको निर्देशन भने बिक्रम चौहानले गरेका छन् ।

पछिल्लो समयकी चर्चित नायिका अन्जली र आधा दर्जन भन्दा बढी चर्चित गीतमा अभिनय गरीसकेको मोडेल बिक्रम भण्डारीलाई यो गीतको भिडियोमा सर्वात्रिक रुचाइने विश्वास निर्माण पक्षको छ । हाइलाईट्स नेपालको युवट्युव च्यानल मार्फत भिडियो बजारमा आएको छ । यस अघिको लेहेङगा र चोली जस्तै यो गीत पनि दर्शकमाथ लोकप्रिय हुनेमा प्रेम विश्वस्त छन् । उनी भन्छन्, दर्शक र स्रोताको माया र साथले नै यो लेहेङगा र चोली भाग २ ल्याएका छौ । शव्द, संगीत र स्वरसँगै अभिनय पनि एकदमै राम्रो छ ।

Related posts

Leave a Comment