वास्तविक पात्रहरूको जीवन कथामा बुने -प्रकाश सपुत

गल्ती भए आत्मालोचना गर्छु

काठमाडौं । गायक प्रकाश सपुतको नयाँ गीतले सशस्त्र द्वन्द्व, फेरिएको व्यवस्था र नफेरिएको अवस्थाबारे व्यापक बहस सिर्जना गराएको छ । गीतले ‘जनयुद्ध’ का लडाकुको अपमान गरेको भन्दै माओवादी नेता–कार्यकर्ताले आक्रोश पोखेका छन् । चार भ्रातृ संगठनले विज्ञप्ति नै जारी गरेर युट्युबबाटै भिडियो हटाउन र सार्वजनिक माफी माग्न सर्जकसँग माग गरेका छन् । उता सर्जक सपुतले भने वास्तविक पात्रहरूको जीवन कथा बुनेर गीत र भिडियो बनाएको प्रतिक्रिया दिएका छन् ।

भिडियोमा प्रस्तुत गरिएका पात्र वास्तविक नै रहेको बताएका छन् । पनले आफूले देखेको, संगत गरेका चरित्रलाई गीतमा उतारेको उनले बताए ।

माओवादी ‘जनयुद्ध’लाई लिएर सार्वजनिक सञ्चारमाध्यममा समेत टीकाटिप्पणी हुँदै आएको र आफूले तिनै विषयवस्तुलाई गीतमा चित्रण गरेको उनको भनाई छ ।

तर उनले पूर्वछापामार युवती देहव्यापारमा संलग्न भएको दृश्यप्रति भने आत्मालोचना गरे ।

उनले भिडियोमा देखिएको र सबैभन्दा धेरै आलोचना भएको दुश्य त्यसरी राखिएको हैन । तर कसैको आत्मसम्मानमा ठोस पुग्न सक्ने महसुस गरेको छु । यसमा मैले आत्मालोचना गर्छु,’ उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार