झापा गोल्डकप : उपाधिका लागि त्रिभुवन आर्मी क्लब र झापा–११ खेल्दै

काठमाण्डौ . झापा गोल्डकप फुटबलको उपाधिका लागि आज त्रिभुवन आर्मी क्लब र झापा–११ खेल्दैछन् । खेल दिउँसो साढे २ बजे बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ ।

आज आर्मी उपाधि रक्षा अभियानका साथ मैदान उत्रिँदा झापा घरेलु मैदानमा पहिलो उपाधि जित्ने दाउमा हुनेछ । यसअघि आर्मीले तीन पटक झापा गोल्डकपको उपाधि जितेको थियो भने झापाले उपविजेतामा चित्त बुझाएको थियो।

प्रतियोगिताको उपाधि विजेताले नगद १२ लाख ५५ हजार रुपैयाँ र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ पाउने छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार