रुसी सेनाको हमलामा न्युयोर्क टाइम्सका पत्रकार मारिए

रुसी सेनाको हमलामा न्युयोर्क टाइम्सका एक पत्रकार मारिएका छन् ।  इरपिन सहरमा रुसी फौजको हमलामा न्युयोर्क टाइम्सका भिडियो पत्रकार ब्रेन्ट रिनाउड मारिएको किभ क्षेत्रका प्रमुखले बताएका छन् । हमलामा अर्का एक जना घाइते भएका छन् ।

इरपिनमा युक्रेन युद्धको समाचार रिपोर्ट गरेका भिडियो पत्रकार रिनाउडको रुसी सेनाको गोली प्रहारमा मृत्यु भएको किभ प्रहरी प्रमुखले पुष्टि गरेका हुन्  ।  ब्रेन्टको न्युयोर्क टाइम्सको प्रेस पास भए पनि उनी युद्ध क्षेत्रमा असाइनमेन्टमा नरहेको प्राप्त विवरणहरुमा जनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार