साउदी राजकुमार आज नेपाल आउँदै

साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद आज नेपाल आउँदै छन् । उनले आज र भोलि नेपालको औपचारिक भ्रमण गर्दै छन् ।

भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्टपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको हो ।

परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग आगामी चैत १ गते भेटवार्ता गर्ने तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्ने छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार