अक्सिजन सिलिन्डर पड्केर इराकको कोरोना अस्पतालमा आगलागी, २३ जनाको मृत्यु

इराकको राजधानी बग्दादस्थित कोरोना अस्तालमा आगलागी हुँदा कम्तीमा २३ जनाको ज्यान गएको छ ।

कोरोनाभाइरसबाट संक्रमित बिरामीहरूको उपचार गरिने सो ईबन खातिब अस्पतालमा गएराति आगलागी हुँदा दर्जनौँ अन्य घाइते भएका छन् ।

अक्सिजन सिलिन्डर सही तरिकाले स्टोर नगरेका कारण पड्केको र उक्त घटना भएको बताइएको छ । उक्त घटनापछि बिरामी र बिरामीका आफन्तहरुको भागभाग चलेको थियो ।

इराकका प्रधानमन्त्री मुस्तफा अल-काधिमीले आगलागीको घटना दुःखद भएको बताउँदै घटनाको कारणबारे तत्काल अनुसन्धान गर्न निर्देशन पनि दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार