नेपालमा दुई दलीय व्यवस्था स्थापना गर्न विदेशी शक्ति लागेका छन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दुई दलीय व्यवस्था स्थापना गर्न विदेशी शक्तिहरू लागेको बताएका छन् ।

आइतबार विराटनगरमा आयोजित पार्टीको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रममा उनले माओवादीलाई सिध्याएर दुई दलीय व्यवस्था ल्याउने षड्यन्त्र भइरहेको दावी गरे । उक्त षड्यन्त्र असफल पार्न आफ्नो दलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन जित्नैपर्ने प्रचण्डको भनाइ छ ।

‘आउँदो संघ, प्रदेश वा स्थानीय निर्वाचनमा हामी क्रान्तिकारीहरूलाई सिध्याउन र दुई दलीय सिष्टम स्थापित गर्न ‘इन्टरनेशनल रियाक्सन’ लागेको छ’, उनले भने, ‘चुनावको ‘ब्याटल’ जितिएन भने हाम्रो पार्टी र उम्मेदवारले मात्र हार्ने होइन । नेपाल राष्ट्रले हार्छ, जनक्रान्तिका उपलब्धि हार्छ, समावेशी, समानुपातिक लोकतन्त्र हार्छ ।’

प्रचण्डले चुनाव ब्याटललाई समान्य रुपमा नलिन कार्यकर्ताहरुलाई आग्रह गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार