डिशहोम फाईबर नेटको प्रयोगकर्ता एक लाख पुग्यो

डिशहोमले सुरुवात गरेको डिशहोम फाईवरनेटको ग्राहक संख्या एक लाख पुगेको छ ।चुस्त दुरुस्त सेवा देशभर पुर्याउने लक्ष्यलिएर सुरु गरिएको डिशहोम फाईवर नेटले एक लाख ग्राहक पुर्याउन सफल भएको छ ।

एक लाख ग्राहक पुगेको अवसरमा डिशहोमको कार्यालयमा आयोजित कार्यक्रममा उपस्थीत डिशमिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकालले अब देशभर सेवा दिन तयार डिशहोम फाईवरनेटको नेटवर्कले छिट्टै थपग्राहकहरुलाई सेवादिंदै ग्राहक संख्या गुणात्मक विस्तार गर्दै जानुपर्ने विचार राखे ।

आउँदो समय ग्राहक संख्याविस्तार संगै भरपर्दो सेवाको निरन्तरता प्रदान गर्ने प्रण गर्दैै डिशहोमका कर्मचारीहरुले एक लाख ग्राहक संख्या पुगेकोमा केक काटेर खुसियाली मनाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार