फ्रान्सेली राष्ट्रपतिका उम्मेदवारको टाउकोमा अन्डा प्रहार

काठमाडौं । फ्रान्सको राष्ट्रपति पदका दक्षिणपन्थी उम्मेदवार इरिक जेमोरको टाउकोमा काँचो अण्डा प्रहार भएको छ । एक सेवा निवृत्त व्यक्तिले उनको टाउकोमाफूटाएका हुन् । ७० वर्षीय पुरुषले मोइज्याकको दक्षिणी क्षेत्रमा जेमोरको टाउकोमा अण्डा प्रहार गरेको अभियोजनकर्ताको कार्यालयले जनाएको छ ।

अशक्त बालबालिकाको बारेमा जेमोरले गरेको टिप्पणीबाट आक्रोशित भएका उनले विरोधस्वरुप यो कदम उठाएका थिए । यी सेवा निवृत्त किसानको छोरा अटिजमबाट प्रभावित छन् । झन्डै २ महिना अगाडि जेमोरले विद्यालयमा समावेशीको प्रयासविरुद्ध बोल्दै अशक्त विद्यार्थीलाई छट्टै पढाउनु पर्ने बताएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार