चुनाव हाम्रो ठूलो ब्याटल हो, जसरी भए पनि जित्नुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावमा गठबन्धन भन्दा आफ्नो तागतलाई प्राथामिकता दिन बताएका छन् । आइतबार विराटनगरको होटल मनास्लुमा आयोजित प्रदेश १ स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धन भन्दा आफ्नै तागत बढाउन कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

उनले आगामी स्थानीय तहको चुनाव पार्टीका लागि ठूलो ब्याटल भएको बताए । ‘हाम्रा लागि यो ठूलो ब्याटल हो’, उनले कार्यकर्तालाई भने, ‘सबै पक्षको तालमेल मिलाएर युद्ध जितेका हौं, डोकोमा रेडियो बोकिन्थ्यो, आफू घाइते हुँदा बोक्ने स्टे«चर बोकेर, आफू मर्दा पुरिने खाल्डो खनेर युद्धमा गएका थियौं, त्यहाँ एकता थियो त्यही कारण हामीले जितेका हौं, अहिले पनि त्यही अवस्थाको एकता गर्नुहोस् ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार