महाअभियोग प्रस्तावमा संविधानसम्मत बाटोबाट निर्णय हुन्छ : कानुनमन्त्री

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले स्वतन्त्र न्यायपालिकालाई सुदृढ, शुद्धीकरण गर्ने र मर्यादित बनाउने विषयमा सबैको सवै दल एकमत हुने दावी गरेका छन् ।

आइतबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै बडुले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमा संविधानसम्मत बाटोबाट निर्णय हुने र यसमा सवै दलको एकमत हुने बताएका हुन् ।उनले प्रतिनिधिसभाको नियमावलीले देखाएको प्रक्रियासम्मत ढंगले छलफलको प्रक्रिया प्रारम्भ हुने जानकारी दिए । त्यस्तै उनले महाअभियोग प्रस्तावलाई मतदान प्रक्रियामा नै नलैजाने भन्ने विषयमा आशंका नगर्न आग्रह गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार