अस्तव्यस्त सहरीकरणले गर्दा सहर कुरुप बन्दै गएको छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहलाई ‘स्थानीय सरकार’ भन्ने व्यवस्था गर्न कुनै आपत्ति नरहेको बताएका छन् ।नेपाल नगरपालिका संघको २९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नगरपालिका प्रमुखहरुको सुझावका आधारमा स्थानीय तहलाई स्थानीय सरकार बनाउन समस्या नरहेको बताएका हुन् ।

संविधानले स्थानीय तह भन्दै आएकोमा स्थानीय सरकार बनाउन दलीय सहमति भने जुट्नुपर्ने देउवाको भनाई छ । संघले नगरपालिकाको क्षमता अभिवृद्धिमा योगदान दिएको उनले जनाए । जनतालाई सुशासनको प्रत्याभूति गराउन उनले सबै नगरपालिकालाई आग्रह गरेका थिए ।

‘अस्तव्यस्त सहरीकरणले गर्दा सहर कुरुप बन्दै गएको छ । वातावरण अस्वच्छ भएको छ । वातावरणमैत्री विकासको आवश्यकता छ । आफ्नो नगरपालिकालाई नमुन बनाउने गरी योजना बनाउन म अनुरोध गर्दछु,’ प्रधानमन्त्री देउवाले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार