सेयर बजार परिसूचक १०१ अंकले बढ्यो, कारोबार रकम झन्डै ५ अर्ब रुपैयाँ पुग्यो

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजारमा उत्साह जनक सुधार देखिएको छ । आज नेप्से एक सय अङ्कभन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार एक सय एक दशमलव शून्य सात अङ्कले बढेर दुई हजार ६ सय ६७ दशमलव ९७ विन्दुमा पुगेको छ ।

आज सबैजसो समूहको शेयर बढेकोमा विकास बैंक, जलविद्युत्, होटल, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । पछिल्ला केही दिन दैनिक दुईदेखि तीन अर्ब रुपैयाँको मात्रै कारोबार हुने गरेकोमा आज दुई सय २८ वटा कम्पनीका ९० लाख २२ हजार कित्ता शेयर चार अर्ब ८७ करोड रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको ३४ करोड ३६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार