प्रतिनिधिसभा बैठक सुरु, आज पनि एमालेको अवरोध

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठक प्रारम्भ भएलगत्तै एमालेका सांसदले अवरोध गरेका छन् । पार्टीले उठाएको माग सम्बोधन नभएको भन्दै एमाले सांसदले विगत ६ महिनादेखि संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।

एमालेको अवरोधकै बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकका काम–कारबाही अघि बढाएका छन् । आजको बैठकका लागि दुईवटा कार्यसूची निर्धारण गरिएको छ । पार्टीले कारबाही गरेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदको सूचना टाँस गर्नुपर्ने एमालेको माग छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार