एमसीसीको व्याख्यात्मक निर्णय पार्टीमा फेल भए राजीनामा दिन्छु : प्रचण्ड (भिडियोसहित)

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको विवादलाई चुनावपछि फेरि छलफलमा ल्याउने गरी पार्टीमा टुंग्याइएको बताएका छन् । सञ्चारकर्मीसँग एक कार्यक्रममा कुरा गर्दै प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी पारित भएपछि तत्कालीन समाधान निस्केको बताए ।
उनले थपे, ‘यदि यो व्याख्यात्मक घोषणालाई कार्यान्वयनका क्रममा मिनिमाइज गरियो भने यो आन्दोलनको विषय हुन सक्छ ।’

चुनावसम्म यो विषयलाई अपिलमार्फत साझा भाषा बनाएर जनतामाझ जाने सहमति पार्टीभित्र बनेको उनले दावी गरे । उनले एमसीसीको व्याख्यात्मक निर्णय पार्टीबाट पारित नभए पदबाट राजीनामा दिने समेत बताएका छन् ।

यसले समस्याको मुलभूत समाधान भए पनि पार्टीमा एकमत भइनसकेको प्रचण्डले स्वीकार गरे । ‘चुनावसम्म यो विषयलाई अपिलमार्फत एउटै भाषा बनाउने र चुनावपछि फोरम चलाएर छलफल गर्ने सहमति भएको छ । माओवादी पार्टी फुट्छ कि भन्ने चितनलाई धैर्यतापूर्वक विवेकसम्मतरुपमा समाधान गरेका छौं ।’

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार