रुस–युक्रेन वार्ता सकारात्मक दिशातर्फ उन्मुख, रोकिएला त युद्ध ?

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी र युक्रेनी अधिकारीहरूबीच चलिरहेको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको दाबी गरेका छन्। बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोसँग आज शुक्रवार मस्कोमा भएको भेटमा पुटिनले आफ्नोतर्फका वार्ताकारहरूको अनुसार वार्तामा सकारात्मक परिवर्तनहरू देखिएका बताएको बीबीसीले लेखेको छ ।

युक्रेन र बेलारुस सीमामा दुई पक्षका टोलीबिच तीन चरणमा वार्ता भएका हुन् । हिजो बिहीवार युक्रेन र रुसका विदेशमन्त्रीहरू टर्कीमा भेटेका थिए । तर अहिलेसम्म ती वार्ताबाट कुनै नतिजा देखिएको छैन ।

पुटिनले रुसविरुद्ध लगाइएका प्रतिबन्धहरूले आफ्नो देशमा सकारात्मक प्रभाव पार्ने दाबीसमेत गरेको बीबीसीले जनाएको छ । रुसले युक्रेनका थप तीन वटा सहरमा आक्रमण सुरु गरेको र राजधानी किएभलाई रुसी सेनाले नजिकैबाट घेरेको बीबीसीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार