स्थानीय तह निर्वाचन : सबैभन्दा धेरै मतदाता मोरङमा

काठमाडौं । वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मोरङ, झापा र काठमाडौं सबैभन्दा बढी मतदाता भएका जिल्ला हुन् । निर्वाचन आयोगका अनुसार मोरङमा ७ लाख १७ हजार ६७ जना मतदाता रहेका छन् । मोरङपछि झापामा ६ लाख ५० हजार २५८ र काठमाडौंमा ६ लाख ४० हजार ५८ जना मतदाता रहेका छन् ।

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावली अध्यावधिक गरेको छ । र सोही विवरण शुक्रबार विभिन्न राजनीतिक दलका नेताहरूसँगको छलफलमा आयोगले प्रस्तुत गरेको छ ।प्रस्तुत विवरणले मोरङ र झापामा काठमाडौंमा भन्दा बढी मतदाता रहेको देखाएको हो ।

स्थानीय तह केन्द्रीत मतदाताको संख्याको हिसावले भने काठमाडौं महानगरपालिकामा सबैभन्दा बढी मतदाता रहेका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं महागरपालिकामा ३ लाख ६८७ मतदाता रहेका छन् ।

यस्तै सबैभन्दा कम मतदाता रहेको जिल्ला मनाङ हो । निर्वाचन आयोगका अनुसार मनाङमा ६ हजार ५७१ मतदाता रहेका छन् । मनाङपछि मुस्ताङ कम मतदाता रहेको जिल्ला हो । मुस्ताङमा १० हजार ७९० जना मतदाता रहेका छन् । सबैभन्दा कम मतदाता रहेको ३ जिल्लामा डोल्पा पनि परेको छ । डोल्पामा २२ हजार ६५१ मतादता छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार