काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई चुनावबाट नै ठेगान लगाउने बताएका छन् । शुक्रबार प्रेस चौतारीको कार्यक्रमलाई सम्बोधन गर्दै सत्तागठबन्धनलाई जाली फटाहाहरुको संज्ञा समेत दिए ।
उनले भने ‘हामी निर्वाचनबाटै ठेगान लगाउन सक्छौँ । महान जनताको साथ हामीसँग छ ।’
उनीहरुले जालझेल र तिकडमको सहायतामा सत्ता गठबन्धन अघि बढिरहेको आरोप पनि लगाए । ओलीले नेपालको राजनीति अहिले दुईतिर विभाजित भएको पनि बताए । त्यो मध्ये एकधारको नेतृत्व आफूहरुले गरेको र त्यो देशभक्तिको पक्षमा भएको उनको भनाइ छ ।