एमसीसी पास हुँदैमा अमेरिकी सेना आउँदैन, बिजुली आउँछ : गृहमन्त्री खाण

काठमाडौं । गृह मन्त्री बालकृष्ण खाणले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) हुनु नेपालका लागि सकारात्मक भएको बताएका छन् । उनले एमसीसी पास हुँदैमा अमेरिकी सेना नेपाल आउने भ्रमबाट मुक्त हुन आग्रह समेत गरेका छन् ।

आज शुक्रवार काठमाण्डौमा नेपाल निर्माण व्यवसायी महासङ्घको २३ औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै गृह मन्त्री खाणले एमसीसी कुनै सैनिक राजनीतिक र प्रशासनिक सम्झौता नभएर विकास साझेदारीका लागि भएको बताए । उनले एमसीसी प्रस्ताव संसदबाट पास हुँदैमा बिजुलीको तारमा अमेरिकाबाट सेना नआउने उनले टिप्पणी गरे । गृह मन्त्री खाणले बिजुलीको तारमा सेना नभएर बिजुली नै आउने बताए ।

उनले भने , ‘प्रधानमन्त्रीको दृढता र प्रतिनिधि सभाका सदस्यहरूले साथ दिएर एमसीसी पास भएको छ । एमसीसी प्रस्तावको विषयमा आर्थिक क्षेत्रले सकारात्मक रूपमा लिएको छ। एमसीसी कम्पनी र नेपाल सरकारबीच सम्झौता भएर अगाडि बढेको हो । यो कुनै सैनिक सम्झौता होइन । कुनै राजनीतिक र प्रशासनिक सम्झौता पनि होइन । यो सम्झौता विकास साझेदारीको लागि हो । नेपालको गरिबी निवारणका लागि नेपालमा आर्थिक गतिविधि बढाउन, भौतिक पूर्वाधार निर्माणमा तीव्रता ल्याउने तथा सडक विस्तार , विद्युतको प्रसारण लाइन तानेर जनताको घरदैलोमा पुर्‍याउन, बढी भएका विद्युतलाई छिमेकी देशमा बिक्री गर्ने र व्यापार घाटालाई सन्तुलनमा ल्याउने उद्देश्यका साथ एमसीसी ल्याएको हो । बिजुलीको तारबाट कुनै पनि देशको सेना आउँदैन सक्दैन । बिजुलीको तारबाट बिजुली नै आउँछ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार