रुकुमपूर्वको जंगलमा भेटिएका १० वटै सकेट बम सेनाले गर्यो डिस्पोज

काठमाडौं । रुकुमपूर्वको सिस्ने गाउँपालिकामा फेला परेको सकेट बम डिस्पोज गरिएको छ । गाउँपालिकाको वडा न. २ प्वाङको बुर्केसल्ला जंगलमा फेला पारिएको सकेट बम डिस्पोज गरिएको छ। कालो प्लास्टिकको ड्रमभित्र लुकाइ राखेको अवस्थामा फेला पारिएको सकेट बम शुक्रबार आज दिउँसो नेपाली सेनाले डिस्पोज गरेको हो।

​ड्रमबाहिर दुई वटा र ड्रमभित्र आठवटा गरी करिब १० वटा सकेट बमलाई नेपाली सेना र नेपाल प्रहरीको टोलीले बम डिस्पोज गरेको वडाध्यक्ष जीवन केसीले जानकारी दिए। बिहीबार ९हिजो० दिउँसो बाख्रा चराउन जङ्गलमा गएका स्थानीयले शङ्कास्पद वस्तु देखेपछि वडा कार्यालयमा जानकारी गराएका थिए।

वडाले इलाका प्रहरी कार्यालय प्वाङमा खबर गरेको थियो। शुक्रबार आज बिहान जिल्लाबाट गएको नेपाली सेना र नेपाल प्रहरीको टोलीले बमलाई डिस्पोज गरेका हुन्।

 

रुकुमपूर्वको जंगलमा भेटिए एक दर्जन बढी सकेट बम

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार