यूपीमा आदित्यनाथको कीर्तिमानी जित : सपथमा नेपाली सांसदलाई निमन्त्रणा

काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले कीर्तिमानी जित हासिल गरेका छन् ।गोरखपुरबाट भारी मतले विधानसभा चुनाव जितेका आदित्यनाथले यूपीमा लगातार दोस्रोपटक सत्तामा फर्किने कीर्तिमान कायम गरेका छन्। आदित्यनाथले आफूसँगै भारतीय जनता पार्टीलाई पनि भारी बहुमत दिलाएका छन्। ४०३ सीटमा भाजपाले २७३ सीट जितेको छ। यो भनेको करिब ६८ प्रतिशत नतिजा हो।

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाली सांसदलाई भ्रमणमा आउन निमन्त्रणा गरेका छन्। बिहीबार विधानसभामा निर्वाचित आदित्यनाथले दोस्रो कार्यकालको मुख्यमन्त्री पदको सपथ समारोहमा सहभागी हुन नेपाली सांसदलाई निमन्त्रणा गरेका हुन्।

कीर्तिमानी नतिजासँगै उत्तर प्रदेशमा दोस्रोपटक मुख्यमन्त्रीको सपथ लिन लागेका आदित्यनाथले नेपाली सांसद अभिषेकप्रताप शाहलाई सपथ ग्रहण समारोहमा उपस्थितिका लागि शुक्रबार निम्तो दिएका छन्। सत्तारुढ नेपाली कांग्रेसका सांसद शाहले योगीबाट निम्तो आएको अन्नपूर्णलाई बताए। नेपाली प्रतिनिधिमण्डल लिएर आफू सपथ समारोहमा उपस्थित हुने उनले बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार